PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सच्चिएर नआए कतार वर्षौं एक्लिनुपर्ने युएईको चेतावनी



रासस

सच्चिएर नआए कतार वर्षौं एक्लिनुपर्ने युएईको चेतावनी
फोटो श्रोतःarabnews.com

पेरिसः युनाइटेड अरब इमिरेट्स(युएइ)ले कतारले आफ्नो गल्ती सच्चाएर अघि नबढे खाडी मुलुकसँगको कुटनीतिक सम्वन्ध लामो समयसम्म सुधार नहुने बताएको छ। 

युएईका विदेशमन्त्री अनवार गारगासले पेरिसमा सञ्चारकर्मीसँग कुरा गर्दै कतारले इश्लामिक अतिबादी समूहलाई सहयोग गर्ने क्रम नरोकेकाले उसलाई आफूहरुले एक्ल्याउन चाहेको बताए।

उनले भने,“हामी कतार विरुद्धको कुटनीतिक सम्वन्ध विच्छेदलाई लम्बाउने मात्र होइन सो मुलुकलाई एक्ल्याउन चाहन्छौ।” 

उनले आफूहरुसँगको सम्वन्ध सुधारका लागि कतारले अतिवादी इश्लामिक समूहको साथ छोड्नुपर्ने बताए। रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell