
सिङगापुरः सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लुङ्गले आफ्नो पारिवारिक कलहका कारण देश र जनतालाई असर परेकोप्रति क्षमा याचना गरेका छन्।
ली र संस्थापक नेता ली कौन येवका दुई जना छोराछोरीका बीचमा सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा एक आपसमा आरोप प्रत्यारोप चलेको थियो।
आरोप प्रत्यारोपले सिङगापुरका नागरिकलाई लज्जित गराएकाले आफूले क्षमयाचना गरेको प्रधानमन्त्रीले बताएका छन्।
“सिङगापुरको मानप्रतिष्ठा र सिङ्गापुरेको आत्मबलमा चोट पुर्याएकोमा मलाई गहिरो पश्चाताप छ,” राष्ट्रिय प्रसारणका लागि रेकर्ड गरिएको भिडियो सम्बोधनमा प्रधानमन्त्री लीले भनेका छन्। रासस/एएफपी