PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

आयशा टाकियाले भनिन्- मेरो सर्जरी बिग्रेको हल्ला बकवास



पहिलोपोस्ट

आयशा टाकियाले भनिन्- मेरो सर्जरी बिग्रेको हल्ला बकवास

केही समयअघि बलिउड अभिनेत्री आयशा टाकियाको एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल भयो। तस्विरसँगै चर्चा थियो उनको बिग्रदो प्लास्टिक सर्जरीको। उनले आफ्नो अनुहारको प्लास्टिक सर्जरी गरेको खबरले पनि मिडियामा ठाउँ पाएको थियो।



बिबिसी हिन्दीसँगको विशेष संवादमा उनले सर्जरी गरेको खबरलाई बेतुकको भएको बताएकी छिन्। सन् २०१७को सुरुवातमा एउटा सार्वजनिक समारोहमा खिचेको उक्त तश्विर बारे ट्विटरमा पनि ट्रोल बन्यो। 'त्यो तश्विर बारे अनावश्य हल्ला फैलदा म परिवारको साथमा गोआमा थिएँ', आफ्नो ट्रोल बन्दाको क्षण सम्झदै भनिन्,'हामी त ट्रोल हेरेर हास्यौं।'

उनले कलाकारको ट्रोल बन्नुलाई सामान्य रुपमा लिइन्। अनुहार बिग्रिएको खबर सार्वजनिक हुँदा खबर गलत पुस्टि गर्न इन्स्टाग्राममा नयाँ तश्विर पोस्ट गरिन्। भनिन्, जसले राम्रो काम गर्छ उसको बकवास हल्ला फैलाइन्छ। त्यस्तो कुरामा ध्यान दिनुहुन्न।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell