PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

अवैध कल बाइपास गरेको आरोपमा महोत्तरीमा एक जना पक्राउ



रासस

अवैध कल बाइपास गरेको आरोपमा महोत्तरीमा एक जना पक्राउ

गौशालाः अवैध कल बाइपास गरेको आरोपमा प्रहरीले महोत्तरीको जलेश्वरका मोहम्मद अजमतलाई पक्राउ गरेको छ। 

अजमतले डेढ महिनादेखि आफ्नै गाउँमा एउटा पुरानो घर भाडामा लिई अवैध कल सेन्टर खोलेर कल बइपास गर्दै आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको कल सेन्टरबाट कल बाइपासका लागि प्रयोग हुने राउटर र माइक्रोवेभ एन्टिना, युपिएस, स्टेब्लाइजर, पावरबोर्डलगायतका सामान बरामद गरेको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell