PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अस्थायी शिक्षकद्वारा बालुवाटारमा दुई घण्टा धर्ना, स्थायी गर्न माग



रासस

काठमाडौंः अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभरका सबै अस्थायी शिक्षकलाई सामान्य प्रक्रिया पुर्याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ। 

समितिले विभेदकारी भनिएको विज्ञापन खारेज गर्नुपर्ने, विगतका विज्ञापनबाट विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्नेलगायत माग गरेको छ।

देशभरबाट अस्थायी शिक्षकको प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि अहिले काठमाडौंमा छन्। बिहान ९ देखि ११ बजेसम्म गरिएको धर्नामा करिब पाँच सयको सहभागिता थियो। 

समितिका संयोजक वृन्दाकुमारदास चौधरीले लामो समय अस्थायीमा कार्यरत शिक्षकको ऊर्जाशील समय शिक्षण पेसामा खर्च भई अब अन्य विकल्प नरहेकाले स्थायी गर्न सरकारलाई आग्रह गरे।

माग पूरा गराउन भद्रकालीमा पाँच शिक्षक असार २ गतेदेखि आमरण अनशनमासमेत बसिरहेका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell