PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नेपालगञ्ज उप महानगरपालिकाः मेयरका उम्मेद्वारै पिच्छे फरक एजेन्डा 



आकाश क्षेत्री

नेपालगञ्ज उप महानगरपालिकाः मेयरका उम्मेद्वारै पिच्छे फरक एजेन्डा 

नेपालगञ्जः नेपालगञ्ज उप महानगरपालिका पश्चिम नेपालको द्वार र  नेपालकै नामबाट स्थापना भएको प्रमुख ऐतिहासिक शहर।
 
२०१७ सालमा नै नेपालगञ्ज नगर बनिसकेको थियो। नगरपञ्चायतबाट २०१९ सालमा नगरपालिकाका रुपमा स्थापित यो शहर अहिले उप– महानगरपालिका हो। 

२८ वटा वडा रहेको नेपालगञ्ज नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले,  माओवादी केन्द्र र राप्रपा नेपालबीच प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ भने हरेक उम्मेद्वारअनुसार फरक एजेन्डा छन् चुनावका। 

२०५४ सालमा एमालेबाट धवल शम्शेर राणा नगरपालिकाको नेतृत्वमा थिए। २० वर्षपछि अहिलेको स्थानीय तहको निर्वाचनमा फेरि मेयर पदका लागि नेपालगञ्ज उपमहानगरपालिकामा उठेका छन्। फरक यतिमात्र हो त्यतिबेला उनी एमालेबाट उठेका थिए अहिले राप्रपाका तर्फबाट उठेका छन्।  

२०७० सालको संविधानसभा चुनावमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग सानो मतान्तरमा राणा हारेका राणा आफु नेपालगञ्ज उपमहानगरपालिकामा मेयर पदमा विजयी हुनेमा निश्चित छन्।

त्यतिबेला नेकपा एमालेबाट तत्कालिन नेपालगन्ज नगरपालिकाको मेयर  पद जितेका राणाले एमालेबाट उठ्नु र राप्रपाबाट उठ्नुमा के फरक पाएका छन् तर ?
भन्छन्,  ‘स्थानीय निर्वाचन भनेको पार्टीको बलले जित्ने निर्वाचन होइन। उम्मेद्वारहरु पनि स्थानीय नै हुने भएकाले जनताले पार्टी भन्दा उम्मेद्वारलार्इ हेर्नेछन्। त्यसैले त्यतिबेला र अहिले मेरालार्इ खासै केही फरक महसुस भएको छैन।’    

नेपालगञ्ज उपमहानगरमा उनका मुख्य एजेन्डा भनेको शान्ति सु-व्यवस्था कायम गर्नु हो। उनी भन्छन्, ‘२०५४ सालमा बनाएका ताल तलैयाहरु पुनर्निर्माण पनि गर्नु छ।’ 

नेपालजञ्ज देशकै ऐतिहासिक शहर भएकाले त्यसलार्इ बचाउने र विभिन्न संस्कृतिको रक्षा गर्ने उनको एजेन्डा छ। 

नेपालगञ्ज उपमहानगरपालिकामा मेयर पदमा माओवादी केन्द्रका दामोदर आचार्यले उम्मेद्वारी दिएका छन्। २०३६ सालबाट राजनीतिमा आबद्ध भएका दामोदर विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका हुन्। 

स्थानीय विकास मन्त्रालय अन्तर्गतकोको कार्यालयमा कर्मचारी रहेका दामोदर गार्मेन्ट ब्यवसायमा पनि सक्रिय छन्।

आफूले नेपालगञ्जलार्इ राम्रोसँग चिनेको र यहाँका समस्याहरु प्रत्यक्ष रुपमा भोगेको कारण नेपालगञ्ज उपमहानगरका अवश्यकता पहिल्यार्इ विकास गर्न सक्ने बताँछन्।

उनका अनुसार नेपालगञ्ज बहुधार्मिक र बहुजातीय मानिसहरुको क्षेत्र हो। उनी यस क्षेत्रमा विकास गर्दा सबै जाति, धर्म र भाषाका मानिसलार्इ समावेशिता देखाउने प्रतिबद्धता देखाउँछन्। 

उनी भन्छन्, ‘नेपालगञ्ज ऐतिहासिक विविधतापूर्ण शहर हो। त्यसैले यहाँको विकासका लागि म सधै आग्रसर हुनेछु।’

नेपालगञ्ज उपमहानगरपालिकाको सबैभन्दा ठुलो समस्या भनेको डुवान र खानेपानी हो। यसलार्इ ध्यानमा राखेका छन् मेयरका दावेदार दामोदर आचार्यले। त्यसका साथै उनले नेपालञ्जमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन्। 

मुस्लिम समुदायको बहुल्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकामा एमाले तर्फबाट मेयरको उम्मेद्वारमा मुस्लिम सामुदायका नेता समशुद्दिन सिद्दिकी उठेका छन्। 

उनी नेपालगञ्ज नगरपालिकाका भारत्तोलनका चर्चित खेलाडी हुन्। सिद्दिकीका बाबुबाजेले नेपाली राजनीतिमा परिचित ब्यक्ति भएकाले उनि राजनीति तर्फ अगाडि बडेको बताउँछन्। 

नेपालगञ्ज नगरपालिकाकालार्इ सम्मृद्ध बनाउन महत्वपू्र्ण भूमिका निर्वाह गर्ने बताए। नेपालगञ्जमा रहेका सम्पूर्ण मुस्लिम सामुदायको प्रतिनिधिन्व र उनिहरुको अधिकारको लागि लड्ने उनको प्रमुख एजेन्डा हो। 

नेपालगञ्जको प्रमुख समस्या भनेको बाढीको हो। धेरैजसो गरिब पिल्सिरहेकोले उलले एसका लागि एउटा विकल्प निकाल्ने बताउँछन्।  स्थानीय स्रोत र साधनको प्रयोगगरी स्थानीय युवालार्इ राजगारीमा लगाउने उनको एजेन्डा भित्र पर्दछ। 

सिद्दिकीलार्इ अन्य विभिन्न पार्टीबाट चुनावमा उठ्न सुझाब नदिएका होइनन् तर, उनले एमालेबाट नै उठ्ने धारणा बनाए। अब उनको काम एमालेको नियम अनुसार अगाडि बढ्ने र जनतालार्इ सेवा भएको बताए। 

निर्वाचन नजिकिदै गर्दा उनी प्रचार प्रसारमा लागेका छन्। उनी भन्छन्, ‘जनताबाट राम्रो प्रतिक्रिया आएको छ। जित्छु भने पुरा आशा छ।’ 
नेपाली काङ्ग्रेसको तर्फबाट नेपालगञ्ज नगरपालिकाकाको मेयर पदको दावेदार छन् सुरेश कुमार कनौडिया। उनी दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सभासदको उम्मेदवारको सूचीमा पनि थिए। 

नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक रहेका सुरेश कुमार कनौडियाले नेपालगञ्ज नगरपालिकाकालार्इ शान्त सुन्दर र सुरक्षायुक्त शहर बनाउने सपना बोकेका छन्। 

उनी भन्छन्, ‘नेपालगञ्ज नगरपालिकाकाका जनताले एउटा असल नेत्तृत्वको खोजी गरिहेका छन् जसले शहरलार्इ सुव्यवस्थित बना‍ओस्।’ उनी आफ्नो प्यानल असल नेत्तृत्व भएको दावी गर्छन्। 

नेपालगञ्ज नगरपालिकाकाको प्रमुख समस्याको रुपमा ढल निकास, फोहर व्यवस्थापन आदी उनले प्राथामिकतामा राख्ने बताउँछन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell