PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

घुस लिंदै गरेको अवस्थामा इन्जिनियर पक्राउ



रासस

घुस लिंदै गरेको अवस्थामा इन्जिनियर पक्राउ

पाँचथरः जिल्ला शिक्षा कार्यालय पाँचथरका सबइन्जिनियर मनोजकुमार यादव एक लाख २५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन्।

कार्यालय खुलेपछि ‘घुस लिँदै गर्दा’ यादवलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो।

यादवलेसाबिक माङ्जाबुङ– १स्थित सिद्ध सरस्वती माविको चारकोठे पक्की भवनको फाइनल प्राविधिक रिपोर्टिङ तयार गर्ने क्रममा घुस मागेको आरोप लगाइएको छ। 

विसं २०७० देखि निर्माण सुरु भएको उक्त भवन २०७३ सालमै सम्पन्न गर्नुपर्ने भएपनि विविध कारणले ढिलाइ भएको बताइएको छ।

इन्जिनियर यादवलाई आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय प्रवक्ता रमेश बस्नेतले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell