PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

राजेश हमालको निर्देशनमा श्रमजिवीको कथा



पहिलोपोस्ट

राजेश हमालको निर्देशनमा श्रमजिवीको कथा

काठमाडौं: अभिनेता राजेश हमालको निर्देशन रहने फिल्म छायांकनका लागि फ्लोरमा उत्रने तयारीमा छ। हमालले आफ्नो निर्देशन रहने फिल्म बारे स्वयंम जानकरी दिएका हुन्।

स्क्रिप्टको खाका तयार भइसकेको फिल्मले श्रम गरेर खाने वर्गको कथा प्रस्तुत गर्ने हमालले जानकारी दिए। भने,'मनोरञ्जनसँगै संदेशपनि दिने फिल्म निर्माण गर्छु।' दर्शकले फिल्मको कथामा आफ्नो भावना र दैनिकी मेल खाएको भान गराउन उनलाई मन छ।

फिल्मको पटकथा लेखन सक्किएपछि मात्र फिल्मका लागि कलाकार चयन गर्ने उनले बताए। अभिनयमा सक्रिय नरहेका उनी देश, विदेश भ्रमण र सामाजिक कार्यमा लागेका छन्।

हेर्नुसे भिडियो: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell