PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

प्रधानमन्त्रीसँग नर्वेली राजदूत र राष्ट्रसंघका प्रतिनिधिद्वारा भेट



रासस

प्रधानमन्त्रीसँग नर्वेली राजदूत र राष्ट्रसंघका प्रतिनिधिद्वारा भेट

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नर्वेका राजदूत चेल तोर्मोड पिटरसेनले भेट गरेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा  राजदूत पिटरसेनले आफ्नो कार्यकाल समाप्त भएकाले आफू स्वदेश फर्कन लागेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

भेटमा राजदूत पिटरसेनले आगामी दिन दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गरेका थिए। 

यसैगरी, प्रधानमन्त्री देउवासँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक भ्यालेरी जुलियान्ड र संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगका प्रतिनिधि केविन जे एलेनले पनि शिष्टाचार भेट गरेका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell