PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

अफगानिस्तानमा अमेरिकी सैन्य शिविरनजिकै आठ अफगान सुरक्षा गार्डको हत्या



रासस

अफगानिस्तानमा अमेरिकी सैन्य शिविरनजिकै आठ अफगान सुरक्षा गार्डको हत्या
फोटो श्रोतःbangkokpost.com

काबुलः अफगानिस्तानको पूर्वी प्रान्त पार्वानस्थित प्रमुख अमेरिकी सैन्य शिविरनजिकै एम्बुसमा पारी आठ स्थानीय अफगान सुरक्षा गार्ड मारिएका छन्। 
एक स्थानीय अधिकारीले सोमबार रातिको समय पारेर उनीहरु चढेको सवारीलाई एम्बुसमा पारिएको जानकारी दिएका छन्। 

रातिको सेवामा कार्यरत १० जना सुरक्षा गार्ड एक सवारी साधनबाट ब्यागरम हवाई शिविरको भ्रमणमा गएका र उनीहरु माथि आक्रमण भएको बताइएको छ। 

आक्रमणमा परी आठ जना मारिएका र दुई घाइते भएको प्रान्तीय सुरक्षा स्रोतले जानकारी दिएको छ। घटनाकाबारेमा विस्तृत विवरण भने अझै दिइएको छैन। 

ब्यागरम अफगानिस्तानको राजधानी काबुलबाट ५० किलोमिटर उत्तरमा पर्दछ। यस सैन्य शिविरमा अमेरिकी र नेटोआवद्ध सैनिकहरु १६ बर्षयतादेखि कार्यरत छन्। आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन। 

तर, गत अप्रिलको अन्त्यबाट भीषण आक्रमणको घोषणा गरेका तालिवान आतङ्ककारीहरुले नै आक्रमण गरेको प्रहरीको दाबी छ। 

तालिवान आतङ्ककारी समूहले सरकारी अधिकारीहरुको जमघट एवम् सरकारी कामहरुबाट टाढै बस्न सर्वसाधारणलाई आह्वान गर्दै आएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell