
पेरिसः इराकको युद्धग्रस्त सहर मोसुलमा बारुदी सुरुङ्ग विस्फोटमा परी एक फ्रान्सेली पत्रकार मारिएका छन्।
इराकको दोस्रो ठूलो सहर मोसुलमा सोमबार भएको विष्फोटमा परी स्टेफन भिल्लेनुउभे मारिनुको साथै अन्य दुई पत्रकार घाइते भएका छन्।
फ्रेन्च टेलिभिजन च्यानल र ‘ग्लोबल जर्नालिस्ट राइट्स् बाचडग, रिपोर्टस् विदाउट बोर्डरस् का अनुसार स्टेफन मारिनुका साथै अरु दुई फ्रान्सेली पत्रकार घाइते भएका छन्।
यसअघि सोही स्थानमा कुर्दिस समाचारदाता बखियार अदाद पनि मारिएका थिए। उपचारका क्रमका स्टेफनको मृत्यु भएको थियो।
व्यवस्थापन र फ्रेन्च टेलिभिजनका सम्पूर्ण कर्मचारीको तर्फबाट स्टेफानका श्रीमती सोफिए र उनका चार छोराछोरीलाई समवेदना प्रकट गरिएको छ।
टेलिभिजनाका समाचार विभागका प्रमुखद्धारा प्रकाशित विज्ञप्तिमा उनीहरु सवैकोतर्फबाट परिवारजनलाई हार्दिक समवेदना प्रकट गरिएको छ।
फ्रेन्च टेलिभिजनको भिडियो पत्रकार स्टेफनले विश्वभरी जारी द्वन्द्वलाई छायाङ्कन गर्दै आएका थिए।
मोसुलमा जारी द्वन्द्वको विषयमा फ्रेन्च टेलिभिजनको लागि उनीसँग भेरोनिकि रोबर्टले पनि सँगसँगै काम गर्दै आएका छन्। रासस/एएफपी