PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

ओलीले भने–निर्वाचनबाट भाग्न खोज्नेलाई एमालेले मैदानमा ल्याइ छाड्छ



रासस

ओलीले भने–निर्वाचनबाट भाग्न खोज्नेलाई एमालेले मैदानमा ल्याइ छाड्छ

मोरङः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट भाग्न खोज्नेलाई आफूहरुले निर्वाचनको मैदानमा ल्याएर सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याई संविधान कार्यान्वयन गराइछाड्ने बताएका छन्। 

झापाको दमकस्थित कृष्णमन्दिरमा आयोजित कोणसभामा अध्यक्ष ओलीले एमालेकै दबाबका कारण स्थानीय तहको निर्वाचन भएको बताए।

ओलीले विपक्षी दलको गठबन्धनका बाबजुद पार्टीले पहिलो चरणमा तीन प्रदेशमा ४५ प्रतिशत मत ल्याएकामा १ नं प्रदेशमा ६५ प्रतिशत मत हासिल गर्ने दाबी गरे। 

उनले एमालेले जनताको भारी अभिमत पाएर दमक, झापाका साथै देशभर विकास निर्माणको लहर अगाडि बढाउने योजना बनाइरहेको जानकारी बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell