PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

प्रहरीको नाममा ठगी गर्ने पक्राउ



पहिलोपोस्ट

प्रहरीको नाममा ठगी गर्ने पक्राउ

काठमाडौः प्रहरी हुँ भन्दै सर्वसाधरणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले कपिलवस्तु घर भई हाल कोटेश्वर बस्ने  २४ वर्षीय विश्वास पौडेललाई बानेश्वरबाट पक्राउ गरेको हो।

पौडेलेले  नेपाल प्रहरीको अपराध अनुसन्धान व्युरोको नक्कली परिचय पत्र देखाई शरीर खानतलासी गर्छु भनी एक जनासँग रहेको नगद तथा सामान लुटी भाग्दै गरेको अवस्था प्रहरीले उनलाई पक्राउ गरेको हो। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आफूलाई प्रहरी हुँ भन्दै नक्कली परिचय पत्र देखाई लुटपाट गर्ने, घर खानतलासी गर्ने र बहमुल्य समानहरू लुटने कार्य पछिल्लो समय हुने गरेको पाइएकाले त्यस्ता व्यक्तिहरुबाट सदैव सचेत रहन र तुरुन्त प्रहरीलाई खवर गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell