PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

प्रहरीसँगको झडपमा घाइते भएका राजपा कार्यकर्ताको मृत्यु, शहीद घोषणा गर्न माग



पहिलोपोस्ट

प्रहरीसँगको झडपमा घाइते भएका राजपा कार्यकर्ताको मृत्यु, शहीद घोषणा गर्न माग

काठमाडौंः उम्मेदवारी मनोनयनलाई अवरोध पुर्याउने क्रममा प्रहरीसँगको झडपमा घाइते भएका राष्ट्रिय जनता पार्टी नेपालका एक कार्यकर्ताको आज उपचारका क्रममा मृत्यु भएको छ।

 सुनसरीमा प्रहरीसँगको झडपमा घाइते भएका सुनसरी डुमराहाका ३८ वर्षीय दुखीलाल मेहताको उपचारका क्रममा आज मृत्यु भएको हो।

घाइते भएका साहको धरानस्थित  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकोमा आज मृत्यु भएको राजपाले जनाएको छ।
राजपाले सरकारी दमनको विरोध गर्दै मेहतालाई शहीद घोषणा गर्न माग गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell