PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

श्रममन्त्री मंसुरले कतारी राजदूतलाई सोधे–कतारमा नेपालीको अवस्था के छ?



रासस

श्रममन्त्री मंसुरले कतारी राजदूतलाई सोधे–कतारमा नेपालीको अवस्था के छ?

काठमाडौंः श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुर र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच कतारमा कार्यरत नेपाली कामदारको अवस्थाकाबारेमा छलफल भएको छ।

भेटमा मन्त्री मंसुरले कतारमा पछिल्लो राजनीतिक घटनाक्रमका कारण उत्पन्न हुनसक्ने सम्भाव्य असहज परिस्थितिबाट कतारमा कार्यरत रहेका नेपालीमा पर्ने असरबारे राजदूत हेलसँग चासो राखेका थिए । 

जवाफमा राजदूत हेलले कतारमा अहिले जनजीवन विगतमा झैँ सामान्य रहेको बताउँदै कतारमा रहेका नेपाली कामदार कुनै अप्ठेरोमा नपर्ने कुरामा निश्चिन्त रहन आग्रह गरेका श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। 

कतारमा रहेका सबैलाई कुनै समस्या वा अप्ठेरोमा पर्न नदिन कतारी सरकारबाट हर सम्भव प्रयास भइरहेको राजदूत हेलले जानकारी दिए। 

राजदूत हेलले कतारमा रहेको नेपालीले भोग्नुपरेको समस्याका बारेमा छलफल गरी आवश्यक कदम चाल्न दुई देशबीच भएको श्रम सम्झौता अन्तर्गतको प्राविधिक समितिको बैठकमा आवश्यक छलफल गरी समाधान गर्न सकिनेसमेत बताए। 

भेटमा मन्त्री मंसुरले कतारमा उत्पन्न कूटनीतिक सङ्कटको समाधान कूटनीतिक एवम् शान्तिपुर्ण तवरबाटै होस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell