PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

दाङका एकसय छत्तीस मतदानस्थल संवेदनशील



रासस

दाङका एकसय छत्तीस मतदानस्थल संवेदनशील

दाङः असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दाङमा स्थानीय प्रशासनले चारवटा मतदानस्थललाई अतिसंवेदनशील, १३६ वटालाई संवेदनशील र ११ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखेको छ। 

जिल्लामा निर्वाचनको समयमा सबैभन्दा बढी सुरक्षा चुनौतीको रुपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई लिइएको छ । 

त्यसैगरी अन्य चुनौतीका रुपमा नेपाल भारतको खुल्ला सिमाना, सडकको पहुँच नहुनु, निर्वाचन विथोल्न सक्ने शक्ति र विगतका अवस्थालाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए। 

दाङमा स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदानस्थल, ३५१ मतदान केन्द्र निर्धारण गरिएको छ। दुईवटा उपमहानगरपालिका, एउटा नगरपालिका र सात गाउँपालिकामा गरी दुई लाख ९१ हजार १५० मतदाता छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell