PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

एसभी एकेडेमी च्याम्पियन



पहिलोपोस्ट

एसभी एकेडेमी च्याम्पियन

काठमाडौं : सान्त्वना कप फुटबल प्रतियोगिताको उपाधि स्वप्न बाटिका (एसभी) एकेडेमीले जितेको छ।

एन्फा टेक्निकल मैदान च्यासलमा मंगलबार भएको फाइनलमा एसभी एकेडेमीले भिमेश्वर एकेडेमीलाई १–० गोलले हरायो। एसभी एकेडेमीको जितमा अनिश कार्कीले निर्णायक गोल गरे।

उपाधिसँगै एसभी एकेडेमीले ३० हजार रुपैयाँ पुरस्कार पायो। उपविजेता भिमेश्वर एकेडेमीले २० हजार रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भिमेश्वरका सपन बस्नेत घोषित भए। सर्वाधिक गोलकर्ताको पुरस्कार एसभीका विजु राईले पाए।

उत्कृष्ट गोलरक्षक एसभीका सविन श्रेष्ठ भए। उत्कृष्ट प्रशिक्षकको पुरस्कार एसभी एकेडेमीका उज्जल राई भए। राइजिङ प्लेयरको पुरस्कार एसभीका अनिल खड्काले पाए।

च्याम्पियन्स क्लब कोटेश्वरको आयोजनमा असार २ गतेदेखि सञ्चालित प्रतियोगितामा १६ टोलीले भागलिएका थिए। सहभागी टोलीबीच नकआउटका आधारमा प्रतिस्पर्धा गराईएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell