PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

चुनाव प्रचारमा हिँडेका कांग्रेस कार्यकर्ताको दुर्घटनाबाट मृत्यु



पहिलोपोस्ट

चुनाव प्रचारमा हिँडेका कांग्रेस कार्यकर्ताको दुर्घटनाबाट मृत्यु

काठमाडौं : नेपाली कांग्रेसको चुनाव प्रचारमा हिँडेका अर्जुन घिमिरेको मृत्यु भएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पार्टीको चुनाव प्रचारबाट फर्कँदै गर्दा लु १ ज १९५८ नं. को जीप दुर्घटनामा परी २६ वर्षीय घिमिरेको मृत्यु भएको हो। जीप सडकबाट करिब ३० मिटर तल खसेको थियो।

जीपमा रहेका अन्य ९ जनाको अहिले पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था अहिले खतरामुक्त रहेको अस्पताललाई उदृत गर्दै नेपाली कांग्रेसले जनाएको छ। 

कांग्रेसले स्थानीय तहको निर्वाचनका क्रममा एक होनहार कार्यकर्ता गुमाउनु परेको भन्दै शोक बक्तव्य जारी गरेको छ। उसले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ। 

कांग्रेसले दुर्घटनामा परी घाइते भएका सबैको स्वास्थ्योपचारको उचित व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell