PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

१५ हजार ३८ पदका लागि ६२ हजार ९२६ को उम्मेदवारी



रासस

१५ हजार ३८ पदका लागि ६२ हजार ९२६ को उम्मेदवारी

काठमाडौँः दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा  १५ हजार ३८ पदका लागि ६२ हजार भन्दा बढीको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगका अनुसार प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ तहमा हुने निर्वाचनका लागि ६२ हजार ९२६ जनाले उम्मेदवारी दिएका छन्।

आयोगले मंगलबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ। राजनीतिक दल र उम्मेदवारको उत्साहजनक सहभागितामा निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई  निर्वाचन चिह्न प्रदान गरेको हो । 

निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवारलाई निर्वाचनको प्रचार प्रसारका लागि बाटो खुलेको छ। निर्वाचन चिह्न प्राप्त भएलगत्तै उम्मेदवार नमुना मतपत्रसहित मतदाताको घरआँगनमा पुगेर मत माग्ने कार्यमा सरिक भइसकेका छन्। 

व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई पार्टीको आधिकारिक चिह्न तथा अन्य दल र स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र निर्वाचन चिह्न प्रदान गर्ने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। 

दोस्रो चरणअन्तर्गतको निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा जनप्रतिनिधि चयन हुनेछन् भने ६४ लाख ३२ हजार ७६५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell