PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

कार बम बिष्फोटमा सोमालियामा कम्तीमा १५ जनाको मृत्यु



रासस

कार बम बिष्फोटमा सोमालियामा कम्तीमा १५ जनाको मृत्यु
फोटो श्रोतः aljazeera.com

मोगादिसुः सोमालियामा मङ्गलबार भएको एक कार वम बिष्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने कैयौं अरु घाइते भएका सोमालियाली अधिकारीले जनाएका छन्। 

सोमालियाको मोगादिसु नजिकै रहेको वादाजिर जिल्लामा भएको विष्फोटमा घाइते भएका केही व्यक्तिलाई गम्भीर चोट लागेको बताइएको छ।

सोमालियाली गृहमन्त्रालयका प्रवक्ता अहमद मोहम्मद मोहमुदले विष्फोटमा १५ जनाको मृत्युभएको खवर प्राप्त भएको र घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेकाले मृतकको सङ्ख्या थपिनसक्ने बताए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell