PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

पाकिस्तानले अफगानी सिमानामा सीमा बार लगाउने 



पहिलोपोस्ट

पाकिस्तानले अफगानी सिमानामा सीमा बार लगाउने 

इस्लामाबाद: पाकिस्तानी सेनाले सुरक्षाको समस्या देखाउँदै अफगानिस्तानसँगको सीमा क्षेत्रमा प्रवेशमा आवतजावतलाई सुरक्षित पार्ने अभियानस्वरुप सीमा क्षेत्रलाई स्पष्ट छुट्टाइने गरी छिट्टै बार लगाउने बताएको छ। 

मङ्गलबार सेनाद्वारा जारी विज्ञप्तिमा सीमा क्षेत्रलाई घेर्ने क्रममा पहिलो चरणअन्तर्गत बाजुर, मोहमन्द र खाइबर क्षेत्रमा बार लगाइने बताइएको छ। 
उक्त क्षेत्रबाट पाकिस्तान प्रवेश गरी पाकिस्तानमा सुरक्षा समस्या हुने गरेको इस्लामाबादको ठम्याई छ। 

सेनाले नयाँ किल्ला र सीमास्तम्भ सुरक्षा निगरानी र रक्षात्मक शक्तिलाई सुदृढ गर्न सारिएको योजना भएको बताएको छ। 

सुरक्षित सीमा दुवै देशको हित र सुरक्षा संयन्त्रको राम्रो सहकार्यका लागि आवश्यक भन्दै यो दुवै देशको शान्ति र स्थायित्वका लागि भएको बताएको छ। 

दुई देशलाई दुई हजार ४०० ‘ड्युरान्ड लाइन’ ले बेलायती शासकद्वारा सन् १८९६ मा विभाजित गरिएको थियो। काबुलले यसलाई आधिकारिक रुपमा अन्तर्राष्ट्रिय सिमानाका रुपमा स्वीकार गरेको छैन। रासस/एपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell