PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

अनिल कुम्बलेले छाडे प्रशिक्षक पद



पहिलोपोस्ट

अनिल कुम्बलेले छाडे प्रशिक्षक पद

अनिल कुम्बलेले भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। भारतीय टिमका कप्तान विराट कोहलीसँगको मतभेदका कारण अनिलले राजीनामा दिएका हुन्।

राजीनामा दिएको केही घण्टापछि नै कुम्बलेले भनेका छन्, 'एक दिन अगाडि बिसीसीआईले पहिलो पटक मलाई कप्तान विराट कोहलीले मेरो कोचिङ स्टाइल र मुख्य प्रशिक्षकप्रति फरक धारणा राखेको जानकारी गराएको थियो।'

कुम्बलेको कोचिङ स्टाइलप्रति कोहलीको असहमति राख्दै आएको थिए। उनको एक वर्षे कार्यकाल च्याम्पियन्स ट्रफीसम्मका लागि मात्र थियो। त्यसका बावजुत पनि कुम्बेलेल वेष्टइन्डिज भ्रमणसम्मका लागि भारतीय टिम हेर्ने सहमती भएको थियो।

तर अन्तिम समयमा आएर कुम्बलेले प्रशिक्षक पदबाट हट्ने निर्णय गरेका हुन्।

भारतीय क्रिकेट टिमको नयाँ प्रशिक्षक पदका लागि आवदेन आह्वान गरिएको थियो। त्यसमा पूर्व ओपनर विरेन्द्र सेहवाग, अष्ट्रेलियन कोच टम मुड्डीले आवेदन दिएका छन्। कुम्बलेलेल पनि च्याम्पियन्स ट्रफी अगाडी प्रशिक्षकका लागि फेरी आवेदन दिएका थिए।

राजीनामापछि अनिल कुम्बलेले थ्याङ्कयू ट्वीट गर्दै राजीनामाबारे 'स्टेटमेन्ट' समेत राखेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell