PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

खोटाङमा एमाले उम्मेदवारको घरमा बम विष्फोट, एकजना गम्भीर घाइते



रासस

खोटाङमा एमाले उम्मेदवारको घरमा बम विष्फोट, एकजना गम्भीर घाइते

खोटाङः खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अध्यक्षका नेकपा एमालेका उम्मेदवार लिला चौहानको घरमा बम विष्फोट भएको छ। चौहानको घरको भान्छा कोठामा गएराति बम विस्फोट गराइएको हो। 

अज्ञात समूहले गराएको बम विष्फोटबाट चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाइते भएकी छन्। उनका दुवै खुट्टामा गम्भीर चोट लागेको छ।

पहिलोपल्ट हानिएको बम विष्फोट नभएपछि तत्काल दोस्रो बम हानिएको स्थानीयवासीले बताएका छन्। 

चौहान परिवारका अनुसार अपरिचित दुई युवकले स्थानीय कृष्ण खत्रीको घर सोधेर गएको आधा घन्टापछि बम विष्फोट भएको हो।
 
चौहानको घरमा सुतली बम विष्फोट भएको अनुमान गरिएको प्रजिअ प्रल्हाद पोखरेलले बताए। 

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell