PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

अवरुद्ध नारायणगढ–मुग्लिन सडक संचालन



रासस

अवरुद्ध नारायणगढ–मुग्लिन सडक संचालन

चितवन:पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालनमा आएको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चले पनि बिहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको थियो। 

बिहान सात बजे खुलेको सडक पुनः आठ बजे अवरुद्ध बनेको थियो। तर डोजरको सहायताले पहिरो पन्छाएपछि पौने नौ बजेदेखि पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ। वर्षाका कारण मुग्लिनदेखि जलवीरेसम्मको क्षेत्रमा सात स्थानमा सानाठूला पहिरो खसेको छ। 

दुई दिनअघि कालीखोलामा पहिरो खस्दा आठ घन्टा यातायात अवरुद्ध हुन पुगेको थियो। नारायणगढ–मुग्लिन सडक विस्तारको काम भइरहेकाले भित्तो काटिएको ठाउँमा पहिरो जाने क्रम चलिरहेको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell