PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

तीन दलित महिला निर्विरोध निर्वाचित



रासस

तीन दलित महिला निर्विरोध निर्वाचित

बाजुरा : दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत एक नगरपालिका र दुई गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

बडिमालिका नगरपालिका र स्वामीकार्तिक गाउँपालिकामा एमालेले वडा दलित महिला सदस्यमा र हिमाली गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)ले विजयी सुरुआत गरेका हुन्।

बडिमालिका नगरपालिका–८ र स्वामीकात्र्तिक गाउँपालिका–३ मा क्रमशः लुती नेपाली र नानी ल्वार निर्विरोध निर्वाचित भउका छन्।

माओवादी केन्द्रका तर्फबाट हिमाली गाउँपालिका–२ मा रुपसरी सार्की निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लाका ४७ पदका लागि १३५ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell