PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

इजरायलले वेस्ट बैंकमा नयाँ बस्ती बसाल्ने



रासस

इजरायलले वेस्ट बैंकमा नयाँ बस्ती बसाल्ने
फोटो श्रोतःaljazeera.com

जेरुसेलमः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेस्ट बैंकमा नयाँ बस्ती बसाल्नका लागि दुई दशकपछि पहिलो पटक बाटो खुलेको बताएका छन्। 

यस वर्षमात्रै इजरायली सर्वोच्च अदालतको निर्णयबमोजिम भत्काइएको एमोना क्षेत्रमा नयाँ बस्ती बसाल्ने योजना प्रधानमन्त्री नेतन्याहुले अघि सारको हुन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि मध्यपूर्वका लागि अमेरिकी प्रतिनिधिको नियुक्त गरेका र उनी यस क्षेत्रमा आइपुगेपछि प्रधानमन्त्री नेतन्याहुले करिब दुई दशकदेखि रोकिंदै आएको नयाँ बस्ती निर्माणलाई अघि बढाउने योजना सार्वजनिक गरेका हुन्। 

प्रधानमन्त्रीले पत्रकारहरुसँग कुरा गर्दै अब नयाँ बस्ती बसाल्ने विशेषाधिकार प्राप्त गरेको बताए। 

अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा ट्रम्पले आफू अमेरिकी राष्ट्रपतिमा नियुक्त भएमा नयाँ बस्ती बसाउने इजरायलको योजनामा सहानुभूति राख्ने बताएका थिए। 

प्यालेस्टाइनले वेस्ट बैंकलाई सन् १९६७ मा इजरायलद्वारा कब्जामा लिइएको भविष्यको राज्य भन्दै बस्ती बसाल्ने कुराको विरोध गर्दै आएको छ। यसमा पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनको सहयोग रहँदै आएको थियो। 

ट्रम्पका उच्च सहयोगी तथा ज्वाई जारिद कुसनर र मध्यपूर्वका लागि अमेरिकी राजदूत जासन ग्रीनब्लाट यसै सातामात्र इजरायल पुगेका थिए। रासस/एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell