PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कांग्रेस र माओवादी नेताको दाबीः दुई दलको गठबन्धन राजनीतिक स्थायित्वका लागि



पहिलोपोस्ट

कांग्रेस र माओवादी नेताको दाबीः दुई दलको गठबन्धन राजनीतिक स्थायित्वका लागि

रुपन्देहीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई संस्थागत गर्न मेलमिलापको आवश्यकता रहेको बताएका छन्। 

नेपाली कागे्रस र नेकपा माओवादी केन्द्रले रुपन्देहीको देवदहमा आयोजना गरेका संयुक्त चुनावी सभालाई सम्वोधन गर्दै खाँणले मुलुकलाई शान्ति र स्थायीत्व दिनको लागि काग्रेस र माओवादी केन्द्रको गठबन्धन आवश्यक रहेको बताए।

कांग्रेस नेता शंकर भण्डारीले यो गठबन्धनले नया उर्जा प्राप्त भएकाले यो सहमति पवित्र भएको बताएका थिए।

नेकपा माओवादी केन्द्रीय कार्यालय सदस्य चक्रपाणि खनालले स्थानीय निकायको निर्वाचनमा माओवादी र कांगे्रसको एकताले देशको जगलाई नै मजबुद पार्ने दाबी गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell