PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सुनसरीमा उम्मेदवारमाथि आक्रमण



रासस

सुनसरीमा उम्मेदवारमाथि आक्रमण

इटहरीः राप्रपाबाट इटहरी उपमहानरपालिका– ९ का वडा अध्यक्षका उम्मेदवार श्याम पोख्रेलमाथि गएराति आक्रमण भएको छ। 

इटहरी– ८ स्थित आफ्नो घरतर्फ जाँदै गर्दा गएराति उनीमाथि साङ्घातिक आक्रमण भएको हो। कालो रङ्गको पल्सर मोटरसाइकलमा आएका तीन जनाको समूहले उनलाई रोकेर मासु काट्न प्रयोग गरिने दाउले प्रहार गरि फरार भएका पीडित पोख्रेलले बताए। 

दाउको प्रहारबाट पाख्रेलको ढाडमा चोट लागेको छ। उम्मेदवार पाख्रेलमाथि आक्रमण गर्नेको खोजी कार्य भइरहेको इटहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell