PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

प्रदेश ७ को एकमात्र उपमहानगर धनगढी : यस्ता छन् चार जातका प्रमुख दावेदार



आकाश क्षेत्री

प्रदेश ७ को एकमात्र उपमहानगर धनगढी : यस्ता छन् चार जातका प्रमुख दावेदार

धनगढी : सुदुर पश्चिमको राजधानी मानिने सात नम्बर प्रदेशको प्रमुख ब्यापारिक केन्द्रका धनगढी उपमहानगरपालिकामा मेयर पदका लागि फरक-फरक सामुदायबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु चुनावी भिडन्तमा उत्रिएका छन्। 

मिश्रित सामुदायको बाहुल्यता रहेको धनगढी उपमहानगरपालिकामा मेयर पदका दावेदारमध्ये चर्चामा छन् चार उम्मेद्वारहरु – दलित, ब्राम्हण, थारु र ठकुरी। 

नेपाली कांग्रेस तर्फबाट मेयरमा उम्मेद्वार छन् नृप वड। एमालेको ब्राह्मण उम्मेदवार दुर्गा जोशी, माओवादी केन्द्रबाट थारु सामुदायका रामसमझ राना र ठकुरी सामुदायका स्वतन्त्र उम्मेद्वार गोपाल हमाल रहेका छन्। हमाल चर्चित व्यवसायी हुन्। 

१ लाख ४७ हजार ७ सय ४१ रहेको धनगढी उपमहानगरपालिकामा सयको हाराहारीमा जनप्रतिनिधिहरुले उम्मेद्वारी दिएका छन्। ७६ हजार ४ सय ३० जना मतदाता रहेका उपमहानगरमा १९ वटा वडा छन्।

धनगढीमा उपमहानगरपालिकामा सबैभन्दा धेरै थारु सामुदायका मतदाता छन् भने क्षेत्री मतदाता ब्राह्मण मतदाता भन्दा माथि नै छन्। त्यस्तै दलित सामुदायका मतदाता सबैभन्दा थोरै छन्।
 

कांग्रेसले उठायो दलित उम्मेद्वार 

धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेद्वार नृप वड जित्नेमा पक्का छन्। उनले धनगढीलार्इ एउटा सुन्दर नगरी बनाउनको लागि विभिन्न एजेन्डाहरु आगाडि सारेका छन्। धनगढीका जनताले आफुलार्इ विश्वास गरेकै कारण जित्ने पक्का भएको उनी बताउँछन्। 

नृप वड अछामको एउटा गरिब दलित परिवारमा जन्मिएका हुन्। नेपालकै चर्चित उपमहानगरको रुपमा परिचित धनगढी उपमहानगरका एकममात्र दलित मेयर उम्मेद्वार उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका हुन्।  नेपाल विद्यार्थी संघ हुँदै उनी मुलधारको कांग्रेस राजनीतिमा आएका हुन्। 

सबैसँग मिलनसार नृप वड धनगढी उपमहानगरपालिका आफ्नो गड भएको बताउँछन्। उनी भन्छन, ‘म धनगढीमा धेरै पहिले देखि चिनिएको मान्छे हुँ। मैले यहाँका मानिसहरुको विश्वास जितेको छु।’ 

धनगढी उपमहानगरपालिकाका जनता समक्ष नृप वडले ढलको ब्यवस्थापन, तटबन्ध निर्माण, सडकको स्तरोन्नती, सिंचार्इ, विद्युतको सुलभता, पर्यटकीय गन्तव्य निर्माण, स्मार्ट सिटी, धार्मिक स्थलको संरक्षण उनका एजेन्डा हुन्।
 

एमालेबाट बाहुन उम्मेदवार

७ नम्बरको एकमात्र उपमहानगरमा मेयरको जिम्मेवारी लिनु चनौतीपूर्ण भएको बताउँछन् दुर्गा जोशी। शिक्षकबाट राजनीतिमा होमिएका हुन् उनी।

२०५० सालबाट राजनीतिमा लागेका उनी एमालेबाटै राजनीति सुरु गरेको बताउँछन्। उनी भन्छन्, ‘राजनीतिबाट टाढाको मानिस होइन। यहाँका समस्या बुझेको  छु र समस्या सामधान पनि गर्न सक्छु।’ 

धनगढी नगरपालिकाको सबैभन्दा ठूलो समस्या भनेको यहाँको गरिवी हो। त्यसैले गरिबी अन्त्य गर्ने उनको पहिलो उद्देश्य हो। आफू शिक्षक भएका कारण शिक्षालार्इ नजिकबाट बुझेको र यसलार्इल सर्वसुलभ बनाउन लागि पर्ने उनले बताए।   

थारु बाहुल्य ठाउँमा माओवादी केन्द्रबाट रामसमझ 

धनगढी उपमहानगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार रामसमझ रानालाले आफुलार्इ सबै सामुदायका मानिसले साथ दिएको बताउँछन्। 

धनगढी उपमहानगरमा सबैभन्दा बढी मतदाता थारु सामुदायका छन्। झन्डै ३७ प्रतिशत थारु मतदाता रहेको  धनगढी उपमहानगरपालिकामा चुनाव जित्नेमा उनी ढुक्क देखिए। 

माओवादी केन्द्रका सदस्य र थारु राष्ट्रिय मुक्ति मोर्चाका सदस्य रहेका छन् उनी। कैलालीका स्थानीय उनी धनगढीमा खेलेर हुर्केको बताउँछन्। उनले धनगढीका थारु जातिको अधिकारका लागि विशेष तरिकाबाट लड्ने योजना बनाएका छन्। 

उनी भन्छन्, ‘धनगढी उपमहानगरपालिकामा थारु समुदायका मानिसहरु शिक्षाबाट बन्चित भएका छन् उनीहरुले पाउनुपर्ने पूरा अधिकार पाएका छैनन्। त्यसैले म मेयर भएपछि मेरो मुख्य काम भनेको थारु जातिलार्इ शिक्षा स्वास्थ्यको ब्यवस्था गरिदिनु हो।’  

रामसमझ निर्वाचित भएपछि किसानका लागि पनि मुख्यरुपमा काम गर्ने बताउँछन्। उनी भन्छन्, ‘धनगढीका कतिपय किसान लालपूर्जाबिहीन छन्। उनीहरुले लालपूर्जा नपाएकै कारण विद्युत पाएका छैनन्। त्यसैले उद्देश्य किसानलार्इ लालपूर्जा दिलाउने पनि हो।’  

धनगढी उपमहानगरपालिकामा रामसमझ रानाले स्वास्थ्य चौकीलार्इ ब्यवस्थित गर्ने,  यातायातलार्इ सर्वसुलभ गराउने आदि छन्। साथै उनले चुनाव जितेमा किसानलार्इ मोटर र ट्युवेल समेत सहुलियतमा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्। 

व्यवसायी उम्मेद्वार गोपाल हमाल

 धनगढीको विकासका लागि विभिन्न किसिममा अभियान चलाउँदै आएका अभियान्ता गोपाल हमाल पनि धनगढी उपमहानगरपालिको मेयर पदका स्वतन्त्र दावेदार हुन्।  

धनगढीमा चर्चित ब्यवसायीको रुपमा परिचित हमालले स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर पदको उम्मेद्वारी दिएसँगै ‘आर्थिक सम्बृद्धिको पहिलो आधारः व्यवस्थित शहरीकरण’ भन्ने मुल नारा  बनाएर चुनाव प्रचार प्रसारमा लागेका छन्। 

हमालका अनुसार २० वर्ष पहिले पनि स्थानीय चुनावबाट सत्तामा पठाएका स्थानीय प्रतिनिधिले कुनै काम गरेका छैनन्। उनले धनगढीलार्इ आर्थिक समृद्धिको बाटोमा लैजानका लागि नै आफुले मेयर पदको उम्मेद्वार दिएको बताए।

हमाल भन्छन्, 'धनगढीबासीले जिताएका पुराना प्रतिनिधिले कुनै काम गरेनन्। काम नगरेको देख्दादेख्दै फेरि राजनीतिक दलले तिनै प्रतिनिधिलार्इ उम्मेद्वार बनाएको छ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell