PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

रणबिर कपूरले उडाए सलमान खानको मजाक



पहिलोपोस्ट

रणबिर कपूरले उडाए सलमान खानको मजाक

अभिनेता रणबिर कपूरले बलिउडका स्टार मानिने सलमान खानको मजाक उडाएका छन्। तर यो मजाक रियल नभएर रिल जिन्दगीको हो। लामो समयको प्रोडक्शनको कामपछि प्रदर्शनको लागि तयार फिल्म 'जग्गा जासुस'मा कपूरले खानको नक्कले गरेका हुन्।

फिल्मको 'गलती से मिस्टेक' बोलको गीतको भिडियोमा रणबिरले सलमानको सिग्नेचर पोज प्रस्तुत गरेका हुन्। गीतको भिडियोमा रणबिरले ६ प्याक्स देखाउन नक्कली ब्रैडको समेत प्रयोग गरेका छन्। गलती मिस्टेक जग्गा जासुसको सार्वजनिक हुने दोस्रो गीत हो । यसअघि 'उल्लुका पठ्ठा' बोलको गीत बारे जानकारी सार्वजनिक भएको छ। सार्वजनिक दुबै गीतमा प्रीतमको संगीत र अमिताभ बट्टाचार्यको शब्द रहेको छ।

डिस्नी र पिकचर्स सुरुको प्रस्तुती रहेको फिल्मलाई अनुराग बसुले निर्देशन गरेका हुन्। फिल्म १४ जुलाईइबाट सार्वजनिक हुँदैछ। जग्गा जासूसमा रणबिर कपूर र कट्रिना कैफको मुख्य अभीनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell