PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

साउदी राजाका छोरा युवराजधिराज घोषित



रासस

साउदी राजाका छोरा युवराजधिराज घोषित
फोटो श्रोतः aljazeera.com

रियादः साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजधिराज घोषणा गरेका छन्। 

उनले यसअघि भतिज मोहमद बिन नायफलाई युवराजधिराज नियुक्त गरेका थिए। राजा सालमनले भतिजलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिनलाई युवराजधिराज बनाएको बताइएको छ। 

साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृत गर्दै दिएको समाचारमा छोरालाई युवराजधिराज घोषणा गरेको उल्लेख गरिएको छ। 

युवराजधिराजका साथै उनलाई साउदी अरेबियाको रक्षामन्त्रीमा पनि नियुक्त गरिएको सूचनामा जनाइएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell