PahiloPost

May 22, 2025 | ९ जेठ २०८२

योगाले भारतलाई संसारसँग जोडेको छः मोदी



रासस

योगाले भारतलाई संसारसँग जोडेको छः मोदी
फोटो श्रोतः hindustantimes.com

लखनउः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगाले भारतलाई संसारसँग जोडेको बताएका छन्। 

विश्व योगा दिवसका अवसरमा लखनउमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भारतलाई नचिन्ने वा भारतको भाषा, संस्कार र संस्कृतिको बारेमा पनि ज्ञान नभएको विश्वका कतिपय देशलाई योगाले नै जोड्ने काम गरेको बताए।

प्रधानमन्त्री मोदीले भने,‘योगाले कुनै पनि व्यक्तिको शरीर, मस्तिष्क र आत्मालाई जोड्ने काम गर्छ। त्यसैले योगाकै माध्यमबाट विश्वका नागरिकलाई पनि एकै स्थानमा ल्याउने र भावनात्मक रुपले जोड्ने काम गर्दछ।’

बुधबार विश्व योगा दिवसका अवसरमा अहमदावाद सहरमा १ लाख २५ हजार व्यक्ति योगामा सहभागी भएका थिए। उनीहरुले बिहान योगा गरेरै दिवस मनाउने कार्यक्रमको सुरुवात गरेका थिए। 

सबैभन्दा धेरै व्यक्ति एकै स्थानमा बसेर योगा गरेको घटनालाई गिनीज वल्र्ड रेकर्डमा राख्ने उद्देश्यले आज विश्व योगा दिवसकै दिन पारेर योगा कार्यक्रमको आयोजना गरिएको हो। 

अभियानको नेतृत्व भारतका योगगुरु बाबा रामदेवले गरेका थिए।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell