PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

यस्तो देखियो रुपचन्द्र बिष्टको बायोपिकको पोस्टर



पहिलोपोस्ट

यस्तो देखियो रुपचन्द्र बिष्टको बायोपिकको पोस्टर

काठमाडौं: राजनीतिज्ञ रुपचन्द्र बिष्टको बायोपिक ‘रुदाने: बिद्रोहको नेपाली नाम’को फस्टलुक सार्वजनिक भएको छ। विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर फिल्म निर्माण युनिटले बुधबार फस्टलुक रिलिज गरेको हो।

फिल्म प्रचारका लागि दुई पोस्टर बाहिर ल्याइएको छ। ति मध्य एकमा रुपचन्द्रको भुमिका निर्वाह गरेका अभिनेता दिव्यदेव अभियान प्रचार गर्दै गरेको अवस्थामा देखिएका छन्। अर्कोमा भने राजनीतिक अभिनयानको झल्को दिने अवस्थाको चित्रण छ।



रुपचन्द्रको जीवन र थाहादर्शनका महत्वपुर्ण पाटाहरु समेटेर फिल्म निर्माण गरेको बताइयो। अमित किशोर सुवेदी र बिकास ढकालको संयुक्त लेखन तथा निर्देशन रहेको फिल्मलाई दावनल क्रियशनले थाहायात्रासँगको सहकार्यमा निर्माण गरेको हो। फिल्मलाई जागृत रायमाझीले निर्माण गरेका हुन्। अन्य कलाकार नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायतको मुख्य अभिनय रहेको छ। त्यस लगायत सय भन्दा बढि कलाकारले अभिनय गरेका छन्।

बलिउडका छायांकार शान्ता राओको छायांकन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको फिल्मका लागि चारवर्ष अनुसन्धान गरेको निर्माण पक्षको दाबी छ। वर्ष २०७४को अन्त्यलाई फिल्म प्रदर्शन टार्गेट गरिएङ्को छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell