PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

पाल्पामा दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित



रासस

पाल्पामा दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित

पाल्पाः पाल्पामा दुईजना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। 

पाल्पाको पूर्वखोला गाउँपालिका–४ देवीनगरकी लक्ष्मी विक र निस्दी गाउँपालिका–३ झिरुवासकी कुमारी विक निर्विरोध निर्वाचित भएका हुन्।

नेकपा एमालेबाट उम्मेदवारी दिएका लक्ष्मी र कुमारीको एकल उम्मेदवारी परेको थियो। उनीहरुविरुद्ध उजुरी नपरेपछि निर्विरोध निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell