PahiloPost

May 22, 2025 | ९ जेठ २०८२

सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा मारिएका अमेरिकी सैनिकलाई ‘वीरता पदक’ 



रासस

सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा मारिएका अमेरिकी सैनिकलाई ‘वीरता पदक’ 

काठमाडौंः भूकम्पपछिको उद्धारका सिलसिलामा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत भएका अमेरिकी सैनिकलाई ‘वीरता पदक’ प्रदान गरिएको छ। 

उनीहरुको अतुलनीय योगदानको कदरस्वरुप नेपाल सरकारबाट प्रदान भएको उक्त पदक प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा काठमाडौंस्थित अमेरिकी सैनिक सहचारी प्रमुख सेनानी ग्रेगरी डी पिप्सलाई प्रदान गरे। 

दुर्घटनामा अमेरिकी सेनाका चालक क्रिस्टोफर एल नोग्र्रेन, क्याप्टेन दुस्टिन लुकासिन्जेज, वार्ड जोन्सन, इरिक सेइम्यान, सारा मेडिना, सेयान माइकल बार्टोन र नेपाली सेनाका सहसेनानी तपेन्द्रबहादुर रावल र जमदार वसन्तबहादुर तिताराको निधन भएको थियो। 

समारोहमा प्रशंसनीय कार्य गरी राष्ट्रलाई गरेको योगदानको कदरस्वरुप २०७३ सालमा सरकारद्वारा प्रदान गरिएको विभूषण, अलङ्कार तथा पदक पनि प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell