PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

राजपाले भन्यो–अस्थायी शिक्षकको मागमा हाम्रो ऐक्यबद्धता



रासस

राजपाले भन्यो–अस्थायी शिक्षकको मागमा हाम्रो ऐक्यबद्धता

काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी ऐक्यबद्धता जनाएका छन्। 

सामान्य प्रक्रिया पूरा गरेर कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी हुनुपर्ने माग गर्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले असार २ गतेदेखि आमरण अनशनका कार्यक्रम जारी राखेको छ। राजपा अध्यक्ष मण्डलका ठाकुर, अनिलकुमार झालगायतल अनसनस्थल पुगी  माग पूरा हुनुपर्ने बताए। 

अध्यक्ष ठाकुरले शिक्षकका समस्याबारेमा आफूले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा गरेर माग सम्बोधन गर्न आग्रह गरेको र उहाँहरुले सकारात्मक जवाफ दिनुभएको बताए। स्थायीको माग गर्दै ६ दिनदेखि पाँच शिक्षक आमरण अनसनमा छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell