PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

फिलिपिन्सको एक प्राथमिक विद्यालयका बालबालिका हतियारधारी समूहको कब्जामा



रासस

फिलिपिन्सको एक प्राथमिक विद्यालयका बालबालिका हतियारधारी समूहको कब्जामा

फिलिपिन्सः फिलिपिन्सको एक विद्यालयका कैयौं विद्यार्थीलाई हतियारधारी समूहले बन्धक बनाएको छ। 

फिलिपिन्सको सशस्त्र इस्लामिक समूहले एक प्राथमिक विद्यालयका साना नानीबाबुहरुलाई बन्धक बनाएको सेनाले जनाएको छ। 

फिलिपिन्सको दक्षिणी भागमा अवस्थित एक ग्रामीण क्षेत्रको प्राथमिक विद्यालयलाई नै उनीहरुले नियन्त्रणमा लिएका छन्। विद्यालय बाहिर ठूलो सङ्ख्यामा हतियारधारीहरु रहेका बताइएको छ। 

विद्यालयमा के कति विद्यार्थी छन् भन्ने बारेमा भने केही बताइएको छैन। 

यसअघि सयौँको सङ्ख्यामा आएका हतियारधारीले विद्यालयभन्दा केही पर रहेको एक सैनिक पोष्टमा हमला गरेका थिए। उनीहरुले त्यहाँ थुनामा रहेका केही व्यक्तिलाई निकालेर लगेका छन्। 

त्यसपछि उनीहरु विद्यालयमा हमला गर्न पुगेका थिए। विद्यार्थीलाई सकुशल रिहा गर्न सुरक्षाकर्मीले पहल थालेका बताइएको छ। 

उनीहरुलाई मुक्त गर्ने विषयमा सेनाले परामर्श गरिरहेको छ। तर पनि निष्कर्ष भने निस्किएको छैन। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell