
दाङः स्थानीय तहको निर्वाचनमा दाङबाट आठ जना पत्रकार चुनावी मैदानमा उत्रिएका छन्।
चुनावी मैदानमा उत्रिएका पत्रकारमा घोराही उपमहानगरपालिकाको प्रमुखमा देशभक्त गणतान्त्रिक पार्टीबाट सुशीला आचार्य र लमही नगरपालिकाको उपप्रमुख पदमा निमबहादुर थापा चुनावी मैदानमा छन् । आचार्य र थापा पत्रकार महासङ्घ दाङका केन्द्रीय पार्षद् हुन्।
त्यसैगरी, न्युज २४ टेलिभिजनमा कार्यरत सुरेश श्रेष्ठ तुलसीपुर उपमहानगरपालिकाको वडा नं ५ को वडा सदस्यमा नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा छन्।
नेपाली कांग्रेसबाट तुलसीपुर उपमहानगरपालिका वडा नं ११ को वडा सदस्यमा रेडियो सञ्जीवनीमा कार्यरत सुवास डिसी, कांग्रेसबाट दङगीशरण गाउँपालिका वडा नं ३ को सदस्यमा रेडियो तुलसीपुरमा कार्यरत प्रकाश डाँगी, कांग्रेसबाटै घोराही उपमहानगरपालिकाको वडा नं १६ को महिला सदस्यमा राप्ती समाचार दैनिकमा कार्यरत सपना बोहरा पनि चुनावी मैदानमा उत्रिएका छन्।
त्यसैगरी, नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको वडा नं ९ को वडा अध्यक्षमा रेडियो प्रकृतिमा कार्यरत संगीत बस्याल र एमालेबाट तुलसीपुर उपमहानगरपालिका वडा न ६ को वडा सदस्यमा रेडियो प्रकृतिमा कार्यरत दुजमान भण्डारी चुनावी प्रतिस्पर्धामा छन्।
चुनावी मैदानमा उत्रिएका अधिकांशले सक्रिय रुपमा पत्रकारिता गरिरहेका छन्। अहिलेसम्म सुवास डिसी र संगीत बस्यालले मात्रै विधिवत् रुपमा पत्रकारिता छाडेको जानकारी गराएका छन्। रासस