PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

स्थानान्तरण गरिएका दुई अर्ना मरे



रासस

चितवनः ललितपुरको जावलाखेलस्थित चिडियाखानाबाट स्थानान्तरण गरेर चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका दुईवटा अर्ना मरेका छन्। 

गत माघमा चिडियाखाना र कोसी टप्पुबाट १५ वटा अर्ना स्थानान्तरण गरिएको थियो। चिडियाखानाबाट ल्याइएको एक जोडी अर्ना मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए। 

भाले अर्ना अर्को जङ्गली भालेसँग जुधेर मरेको र पोथी बिरामी भएर मरेको हो खड्काले बताए। अब यहाँ १३ वटा अर्ना बाँकी छन्। 

प्राकृतिक दुर्घटना, रोगको प्रकोपलगायत कारणले वन्यजन्तु मासिन सक्ने हुँदा वंश संरक्षण गरी सङ्ख्या वृद्धिका लागि यहाँ अर्ना स्थानान्तरण गरिएको थियो। 

चितवनको सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुलाखोर बनाएर अर्ना राखिएको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell