PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

सुरक्षा परिषद् बैठकको निर्णयः निष्पक्ष निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउने



रासस

काठमाडौँः राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा स्थानीय तह दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीकाबारेमा छलफल भएको छ। 

निर्वाचनमा सर्वसाधारणले स्वतन्त्रतापूर्वक मतदान गर्नसक्ने वातावरणको सिर्जना गर्ने र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ। 

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित बैठकमा  निर्वाचन सुरक्षाबारे छलफल गरेको जानकारी दिए। 

निर्वाचनको विषयमा आवश्यक निर्णय गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्न लागेको मन्त्री कार्कीले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell