PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मध्यअफ्रिकी गणतन्त्रमा भएको हिंसामा करिब एक सय जनाको मृत्यु



रासस

मध्यअफ्रिकी गणतन्त्रमा भएको हिंसामा करिब एक सय जनाको मृत्यु

बानगुईः मध्य अफ्रिकी गणतन्त्रमा भएको झडपमा परी करिब एक सय जनाको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्। 

उक्त हिंसा सरकारले विद्रोही समूहसँग युद्धबिरामको विषयमा गरेको सम्झौताको केही घण्टापछि सुरु भएको थियो। मङ्गलबार बिहानबाट मध्य भागमा पर्ने सहर बरियाबाट हिंसा सुरु भएको बताइएको छ। 

सुरुमा दिइएको मृतकको सङ्ख्या ४० रहेको थियो। पछि सो सङ्ख्या दोब्बर नै भएको सुरक्षा स्रोतले जानकारी दिएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell