PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

भूकम्पबाट धादिङमा एक जनाको मृत्यु



रासस

भूकम्पबाट धादिङमा एक जनाको मृत्यु

धादिङः दक्षिणी धादिङको धुनिबेँसी नगरपालिका वडा नं ५ मा रहेको टाटा इँटा भट्टामा काम गर्ने एक मजदुरको बुधबार भूकम्पको धक्काले इँट्टा खसेर मृत्यु भएको छ। 

इँटा भट्टामा पोलेको इँटा मिलाउँदै गर्दा भूकम्पको धक्काले इँटाले लागेर भारत दरबङ्गा निवासी मजदुर ३५ वर्षीय रिजन सदाइको घटनास्थलमै मृत्यु भएको हो भने उनका छोरा १० वर्षीय दलम सदाई घाइते भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ। 

घाइतेलाई उपचारका लागि काठमाडौंको  ट्रमा सेन्टरमा लगिएको छ भने मृतकलाई शव परीक्षणका लागि पठाइएको छ। बुधबार बिहान १० बजेर २५ मिनेटमा मकवानपुरको चित्लाङमा लाईकेन्द्रबिन्दु बनाई ३.२ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell