PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

सुरक्षा कारबाहीमा सिरियाको राकामा तीन सय लडाकु मारिए



पहिलोपोस्ट

सुरक्षा कारबाहीमा सिरियाको राकामा तीन सय लडाकु मारिए

दमासकस:  सिरियाको राका प्रान्तमा गत दुई हप्ताभित्र तीन सयभन्दा बढी इस्लामिक स्टेट्स (आइएस) लडाकु मारिएका छन्।

अमेरिकी सहयोगमा सिरियन डेमोक्र्याटिक फोर्सेस् (एसडीएफ) ले गरेको सुरक्षा कारबाहीमा उनीहरू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ।

जारी विज्ञप्तिमा ३१२ जना आइएस लडाकु मारिएका र १५ जना तिनीहरूका कमाण्डर हराइरहेका उल्लेख गरिएको छ।

अमेरिकी सहयोगको सो समूहले आईएसको नियन्त्रणमा रहेको राकालाई नियन्त्रण मुक्त बनाउने उद्देश्य राखेको छ। सो ठाउँलाई आईएस लडाकुहरूले सन् २०१४ मा नियन्त्रणमा लिई आफ्नो राजधानी भएको घोषणा गरेका थिए।

एसडीएफलाई सिरियाको सेनाले सहयोग गरिरहेको अमेरिकाको भनाई छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell