PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

एलएलबी दोस्रो वर्षको परीक्षा स्थगित

एलएलबी दोस्रो वर्षको परीक्षा स्थगित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन संकाय अन्तर्गत एएलबी दोस्रो वर्षको परीक्षा स्थगित गरेको छ। यस्तै, बीएल दोस्रो वर्षको मौका परीक्षा पनि स्थगित भएको छ।

यसअघि कार्यालयले असार २३ गतेबाट परीक्षा सञ्चालन गर्नेगरी सूचना प्रकाशित गरेको थियो। दोस्रो चरणको निर्वाचनका कारण परीक्षा स्थगित भएको हो।

कार्यालयले अर्को सूचना प्रकाशित भएपछि स्थगित परीक्षाको नयाँ कार्यतालिका आउने जनाएको छ।
 



ट्रेन्डिङ पोस्ट

Ncell