काठमाडौँ : भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १५ सय नागरिकलाई ट्याक्सी नम्बर दिने प्रक्रिया यातायात व्यवस्था विभागले बुधबारदेखि सुरु गरेको छ।
बुधबार काभ्रे, रामेछाप, नुवाकोटका तीन जिल्लाका ४९१ जनालाई नम्बर वितरण गरिएको छ। गोलाप्रथाबाट बुधबारदेखि नम्बर वितरण सुरु भएको हो।
बिहीबार थप तीन जिल्लाका ५१३ जनालाई नम्बर वितरण गरिँदैछ। बिहीबार दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पीडितलाई नम्बर वितरण गरिँदैछ।
शुक्रबार १४ मध्ये आठ जिल्लाका पीडितलाई नम्बर वितरण गरिनेछ। उपत्यकासहित गोरखा, धादिङ, मकवानपुर र रसुवाका पीडितलाई शुक्रबार नम्बर वितरण गरिनेछ।