PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्रवासीको सहयोगमा विद्यालय पुनःनिर्माण हुँदै



रासस

बागलुङः बागलुङको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन्। 

गलकोट समाज जापानमार्फत रामेछापको सुनपातीस्थित जागृत आधारभूत विद्यालयमा नयाँ भवन बन्न लागेको हो। २५ लाख रुपैयाँको लागतमा बन्ने चारकोठे पक्की भवनको निर्माण कार्य दसैँसम्म पूरा हुने जनाइएको छ। 

सामाजिक उत्तरदायित्व सम्झेर भूकम्प प्रभावित ठाउँमा पुगी विद्यालय भवन बनाउन लागिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताए। 

अङ्ग्रेजी नयाँ वर्षमा जापानमा विभिन्न सहरमा गरिएको साङ्गीतिक कार्यक्रमबाट जुटेको रकम विद्यालय निर्माणमा खर्च हुने उनको भनाइ छ । 
भवन नभएपछि बालबालिकाले खुल्ला चउरमा पढ्न बाध्य भएको अवस्था थाहा पाएपछि समाजले भवन बनाउने तत्परता देखाएको हो। समाजले शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ। 

गलकोट समाज अहिले जापानलगायत अन्य १२ विदेशी मुलुकमा स्थापना भइसकेको छ। नेपालमा पनि गलकोट समाज काठमाडौँ, पोखरा, बागलुङ र गलकोटमा क्रियाशील छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell