PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अबको आन्दोलन भ्रष्टाचारविरुद्धकोः गृहमन्त्री



पहिलोपोस्ट

अबको आन्दोलन भ्रष्टाचारविरुद्धकोः गृहमन्त्री

विराटनगरः गृहमन्त्री जनार्दन शर्माले अबको कुनै आन्दोलन भए त्यो भ्रष्टचारविरुद्धको हुने ठोकुवा गरेका छन्। 

विराटनगरको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले आफू उर्जामन्त्री हुँदा भ्रष्टाचारविरुद्धनै लडेर उज्यालो नेपाल बनाएको जिकिर गर्दै अबको आफ्नो ध्यान पनि भ्रष्टाचारविरुद्ध नै हुने बताए । 

उनले अबको लक्ष्य विकास र आर्थिक समृद्धि भएको उल्लेख गरे ।उनले स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न सके १५ वर्षमै नेपाललाई धनी देश बनाउन सकिने बताए।

गृहमन्त्रीले संविधान कार्यान्वयन र अधिकार प्राप्तिसँग सम्बन्धित अहिलेको स्थानीय निर्वाचन भएकोले यो महत्वपुर्ण भएको बताए।

उनले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आमू परिवर्तन ल्याउने आफ्नो पर्टीको लक्ष्य भएकाले  माओवादीले भनेको कुरा गरेर देखाएको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell