PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

प्रधानमन्त्रीसँग कर्मचारी सङ्गठनको मागः ट्रेड युनियनसम्बन्धी व्यवस्थालाई निरन्तरता दिइयोस् 



रासस

प्रधानमन्त्रीसँग कर्मचारी सङ्गठनको मागः ट्रेड युनियनसम्बन्धी व्यवस्थालाई निरन्तरता दिइयोस् 

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न कर्मचारी सङ्घ÷सङ्गठनले आज भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन्। 

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ/सङ्गठनले राष्ट्रिय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा ट्रेड युनियनसम्बन्धी व्यवस्था हालको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिनुपर्नेलगायतका माग गरेका छन्। 

नेपाल निजामती कर्मचारी सङ्गठन, काठमाडौँ, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), काठमाडौँ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, काठमाडौँलगायतका सङ्घ/सङ्गठनले ज्ञापनपत्र बुझाउँदै स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हालको पदको ज्येष्ठतालाई पहिलो प्राथमिकता दिनुपर्नेसमेत माग गरेका छन्। 

सो अवसरमा प्रधानमन्त्री देउवाले बजेट कार्यान्वयनमा सरकार वा मन्त्रीभन्दा पनि सरकारी कर्मचारीको मुख्य भूमिका भएको हुँदा जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिए। प्रधानमन्त्री देउवाले कर्मचारीले राखेका जायज मागलाई आफूले सम्बोधन गर्ने आश्वासन दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell