PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

बाँकेको खजुरा पुगेर प्रचण्डले भने–टाउकाको मूल्य तोक्नेहरुबाट गणतन्त्रको रक्षा हुन सक्दैन



पहिलोपोस्ट

बाँकेको खजुरा पुगेर प्रचण्डले भने–टाउकाको मूल्य तोक्नेहरुबाट गणतन्त्रको रक्षा हुन सक्दैन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार नेपालगन्जमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै। तस्बिरः नीरज गौतम, रासस

नेपालगञ्जः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टाउकोको मूल्य तोक्नेहरुबाट गणतन्त्रको रक्षा नहुने बताएका छन्। 

चुनावी प्रचार प्रसारका दौरानमा बिहीबार बिहान बाँकेको खजुरा पुगेका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालले स्थानीय तहमा विजय भए भने देश खतरामा पर्ने बताए।

प्रचण्डले भने‘गणतन्त्र ल्याउँदा संकटकाल लगाएर मान्छेको टाउकोको मूल्य तोक्नेले गणतन्त्र घर घरमा पुर्‍याउँछु भनेर सोच्नु गतल हो।’ अध्यक्ष प्रचण्डले माओवादी केन्द्र बलियो भएमात्र देशमा परिवर्तन सम्भव हुने दावी गरे।  

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा आर्थिक वृद्धि, छिमेकीको सम्बन्ध सुमधुर र सन्तुलित भएको दावी गरे।

आफू प्रधानमन्त्री हुँदा मधेसी दलहरुको माग पुरा गर्न लागेको भन्दै उनले पहाडी, मधेसी र हिमाली भनेर एकले अर्कोलाई अपमान गरेर राष्ट्रवादी बन्न नसकिने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell