PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

करोड बढी ठगीको आरोपमा एन्फाका पूर्वमहासचिव शाही पक्राउ



सविन ढकाल

करोड बढी ठगीको आरोपमा एन्फाका पूर्वमहासचिव शाही पक्राउ

काठमाडौः अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव तथा राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनलाई आज पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए। 

शाहीले २५ जनालाई क्यानडा पठाइदिने भन्दै १ करोडभन्दा बढी ठगी गरेकाले पक्राउ गरिएको अमात्यले बताए।

शाहीले ललितपुरस्थित श्रीकुसुन्ती युथ क्बलको नामबाट क्यानडा लैजाने र टोरन्टोमा मे १५ देखि २५ देखि फुटबल खेलाउने आश्वासन दिएका प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी आइस हक्की स‌ंघका अध्यक्षसमेत रहेका छन्।

यस्तै गत वर्ष नक्कली खेलाडी कार्ठ बनाई विभिन्न देशमा खेलाडी पठाएको आरोपमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरीलाई प्रहरीले पक्राउ गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell